बालमन्दिरको जग्गा कसरी भयो हिनामिना ? को-को छन् संलग्न ?

२० पूर्वपदाधिकारीलाई पक्राउ पुर्जी

बालमन्दिरको जग्गा कसरी भयो हिनामिना ? को-को छन् संलग्न ?
सुन्नुहोस्

काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट बालमन्दिरको जग्गा हिनामिना प्रकरण पक्राउ पुर्जी जारी भएका नेपाल बाल संगठनका पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई पक्राउ गर्न प्रहरीले निगरानी बढाएको छ। 

काठमाडौंको नक्सालस्थित संगठनको जग्गा हिनामिनाका साथै ठगी गरेको अभियोगमा अध्यक्ष सिंह वैद्यसहित २० जना पूर्वपदाधिकारीलाई प्रहरीले खोजतलास तीव्र पारेको छ। पक्राउ पुर्जी संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्यासदनका पूर्वअध्यक्ष एवं सञ्चालकहरू छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार, पक्राउ पुर्जी जारी भएका २० जनाको खोजतलास भइरहेको छ। 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले निगरानी बढाएको हो। संगठनका तत्कालीन अध्यक्ष रीता सिंह, तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन उपमहासचिव सुमन शाक्य तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै पक्राउ पुर्जी जारी भएका पूर्वमहासचिवहरू श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोनेलाई पनि प्रहरीले खोजिरहेको छ।

संगठनका पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाही, पूर्वकोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, पूर्वउपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का पूर्वअध्यक्षहरू चिरञ्जीवी तिवारी, पुरुषोत्तमराज जोशी, बृहस्पति विद्यासदनका तत्कालीन सञ्चालकहरू प्रवीणराज जोशी, मुरारी निधि तिवारी, श्रद्धा संघाइ, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कीर्तिप्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

यसअघि बाल संगठनको जग्गा हिनामिना गरेको अभियोगमा सीआईबीमा जाहेरी परेको थियो। प्रहरीले यस विषयमा अनुसन्धान अघि बढाइरहेको अवस्थामा पक्राउ पुर्जी पनि जारी भएको सीआईबीले जनाएको छ। 

कसरी भयो ठगी ?

सीआईबी प्रवक्ता बोगटीका अनुसार, बालमन्दिरलाई हानिनोक्सानी पुर्या‍एको ठगी गरेको र लामो समयसम्म सम्झौता गरी कम भाडादरमा बाल संगठनलाई हानिनोक्सानी पुर्या‍एको अभियोग छ। 

२०४९ सालमा भाडामा लिएको जग्गामा निजी स्कुल बृहस्पति विद्यासदन सञ्चालन भएको थियो। २०४८ सालमा राजनीतिक नियुक्तिबाट रीता सिंह वैद्य बाल संगठनकी अध्यक्ष बनेकी थिइन्। उनी २०७७ सालसम्म अध्यक्ष भइरहिन्। 

२०४९ सालदेखि २०७२ सालसम्म पटक–पटक न्यून भाडा रकम सम्झौता गरेको अभियोग छ। यसअघि २०८९ सालमा सकिने सम्झौता भएकोमा सञ्चालक समितिले २०७२ सालमै पूरक सम्झौता गरेको पाइएको छ। बदनियतपूर्ण तवरमा म्याद समाप्त नभई नवीकरण गरेको २१ सय ३२ सालसम्मका लागि भोगचलन गर्ने गरी समय थप गरिएको थियो। करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ भाडा तिर्ने गरी पछिल्लो सम्झौता भएको जनाइएको छ। 

सीआईबीका प्रवक्ता बोगटीका अनुसार, यस प्रकरणमा अनुसन्धान जारी भएकाले थप बुझ्नका लागि पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई खोजतलासलाई तीव्र पारिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.