कांग्रेस सांसदले घेरे गृहमन्त्री, जेठ १ गते बस्नेगरी संसद बैठक स्थगित

कांग्रेस सांसदले घेरे गृहमन्त्री, जेठ १ गते बस्नेगरी संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक जेठ १ गते बस्नेगरी स्थगित भएको छ। शुक्रबार दोस्रोपटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए। आफूमाथि उठेको प्रश्नको जवाफ दिनका लागि समय मागेको भन्दै सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई समय तोकेका थिए।

त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए। उनीहरूले गृहमन्त्री लामिछानेलाई रोस्टम जानबाट रोकेका थिए। निरन्तर नाराबाजी भएपछि सभामुख घिमिरेले जेठ १ गते साँझ ६ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन्।

यसअघि आजै बसेको पहिलो बैठक पनि कांग्रेस अवरोधका कारण स्थगित भएको थियो। सहकारी हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

null 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.