महासागर जापानको निजी ढल होइन : चीन
महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।
ओडिशामा रोकेको मालबाहक ट्रेन अचानक चल्यो, ओत लागेर बसेका ६ मजदुरको मृत्यु
रेलमा इन्जिन जोडिएको थिएन। सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुडेका रेलवेले जनाएको छ ।
अफगानिस्तानमा सडक दुर्घटना, २४ यात्रीको मृत्यु
चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए। दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्याइएको छ।
बङ्गलादेशमा बस दुर्घटना : १४ जनाको मृत्यु, १२ घाइते
सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनले दुर्घटनाको पुष्टि गर्दै भने, 'दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।'
मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो
प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्। उनलाई सभामुख तथा सिनेटका अध्यक्ष एवम् अन्य अधिकारीले सम्बोधनका निम्ति आमन्त्रण गरेका छन् ।
उडिशा रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने
एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।
अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती
हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ । परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ ।
२३२ जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि...
भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका १६ जना सदस्य र दुई सय १६ जना यात्री बोकेर उडेको इन्डियाको एयर इन्डियाको विमान मध्य आकाशमा यान्त्रिक समस्या भएपछि रुसतर्फ पथान्तरण भएको थियो।
पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ।
भारतको गुजरातमा क्रिकेटको बल टिपेको भन्दै दलितमाथि कुटपिट, औंला काटिदिए
एफआईआरका अनुसार उनीहरुले धम्की दिएका थिए र जातीय आधारमा गाली पनि गरेका थिए। बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो।
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुन्।
केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द
विदेश र डायस्पोरा मामिला मन्त्रालयका विदेश मामिलाका प्रमुख सचिव कोरिर सिङ्गोईले केन्याले सुडानमा रहेका कुनै पनि केन्यालीहरूलाई बाहिर निकाल्न सहजीकरण गर्न खुला रहेको बताएका छन्।
भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा
अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् ।
रूसी रेडियो स्टेशनहरू ह्याक, राष्ट्रपति पुटिनको नक्कली सन्देश बज्यो
मस्को : रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन्। रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग …
पश्चिमी अस्ट्रेलियामा ८०० किलो कोकिन बरामद, तीन जना पक्राउ
प्रहरीका अनुसार मे २४ मा पश्चिमी अस्ट्रेलिया प्रहरी बल र स्वयंसेवी समुद्री उद्धार सेवाले २२ किलोमिटर टाढा रोटनेस्ट टापु नजिकै सङ्कटमा परेको १० मिटर क्याबिन क्रुजरको चालक दललाई सहयोग गरेको थियो।
महाशक्तिराष्ट्रबीच हुनसक्ने द्वन्द्वबाट बच्न चीनसँग वार्ता आवश्यक : अमेरिका
संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी&rsquo…
एर्दोगानले गरे टर्कीको राष्ट्रपतिको तेस्रो कार्यकालको सपथ ग्रहण
टर्कीको आर्थिक सङ्कट चर्किरहेको बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
ओडिसा रेल दुर्घटनाप्रति बाइडेनद्वारा दु:ख व्यक्त
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो र जिल बाइडेन भारतमा भएको भीषण रेल दुर्घटनाबाट दुःखी भएको उल्लेख गरिएको छ ।
मणिपुर हिंसामा ९८ जनाको मृत्यु
यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन्। ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ। आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।
