आगामी बजेटमा आइटी क्षेत्र उच्च प्राथमिकता पर्छ : सञ्चारमन्त्री

आगामी बजेटमा आइटी क्षेत्र उच्च प्राथमिकता पर्छ : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइने बताएकी छन्। अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले आइटी क्षेत्रलाई नीतिगत र संरचनागतरूपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको भन्दै आगामी बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिइने बताइन्।

मन्त्री शर्माले सरकारको सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन्। सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको भन्दै उनले यस क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन्।

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.