जथाभाबी औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ

जथाभाबी औषधि बेच्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ
सुन्नुहोस्

बुटवल : चिकित्सकको प्रेस्क्रिप्सनबीना जथाभाबी औषधि बिक्री गर्ने बुटवलका वैदावार फार्मेसीका सञ्चालक कल बहादुर विकसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बुटवल उपमहानगरपालिका-११ स्थित कालिकानगरमा सञ्चालन गरिएको उक्त फार्मेसीबाबि विरामीहरूको स्वास्थ्यलाई गम्भीर असर गर्ने खालका औषधिहरू बिक्री वितरण गरिएको पाइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

फार्मेसीका सञ्चालक अछामको तुर्माखात गाउँपालिका-८ निवासी हुन्। स्याङ्जाको वालिङ नगरपालिका १३ का २१ वर्षिय ओम प्रकाश गैरे, देवदह नगरपालिका ७ रुपन्देही निवासी २९ वर्षीय किरण दर्जी र बुटवल उपमहानगरपालिका-२ निवासी ३० वर्षीय मनिस विक पक्राउ परेका छन्। 

फार्मेसीको नामको बोर्ड लगाएको (प्रमाण पत्रमा डिस्कामुनी मेडिकल हल बुटवल ८) लेखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.