सहकारी ठगीमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने

सहकारी ठगीमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले कुनै पनि सहकारीको रकम आफूले हिनामिना नगरेको स्पष्ट पारेका हुन्।

राज्य व्यवस्था समितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्रीको राजीनामा माग गरेका थिए। सांसद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका थिए। उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह समेत गरे। सांसदले बडूले सहकारीमा एक करोड जम्मा भएका  रवि लामिछाने गृहमन्त्री हुन् या अन्य कोही व्यक्ति हुन‍् ? भन्दै प्रश्न समेत गरेका थिए।

जवाफमा गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नामबाहेक केही नभएको दावी गरे।

'सहकारीमा जहाँ मेरो नाम भनिएको छ। त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर छैन। न ल्याप्चे छ। न मैले निवेदन दिएको छु। मेरो सामान्य केवाईसी भरिएको छ। त्यहाँ केही पनि भरिएको छैन। न अनुसन्धान भएको थाहा छ।  त्यो मुद्दा अदालतमा दर्ता भएको छ। मुद्दामा म प्रतिवादी छैन। बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन,'उनले भने,' जाहेरी छ जो प्रहरीले सूचनाको रुपमा लिएको जानकारी आएको छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.