सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउँछ : उद्योगमन्त्री भण्डारी

सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउँछ : उद्योगमन्त्री भण्डारी
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी वर्षको बजेट आउने बताएका छन्। 

नेकपा एमाले बैतडी काठमाडौं सम्पर्क मञ्चको सम्मेलन उद्घाटन गर्दै मन्त्री भण्डारीले यसअघि सरकारको नीति र कार्यक्रम भन्दा फरक बजेट आउने गरेको सन्दर्भ उल्लेख गर्दै आगामी वर्षको बजेट सरकारको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारमा आउने दावी गरे। 

सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिकालाई सबैले मनन गरेको र जनताको निराशालाई चिर्दै अघि बढ्न सरकार क्रियाशील रहेको उनले बताए। उनले लगानी सम्मेलनमार्फत बाह्य र राष्ट्रिय पुँजीलाई उत्पादन, व्यवसायसँग जोड्नुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे। 

अहिलेको मुद्दा तथा सन्दर्भलाई सम्बोधन गर्ने कुरामा आफू प्रतिवद्ध रहेको उनको भनाइ छ। एमाले नेता समेत रहेका भण्डारीले एमालेको नीति,नेतृत्व र विचारबाट मात्रै राष्ट्रले सहि मार्ग समात्ने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.