जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा टुंगो लगाउन कार्यदलले पेश गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जन सहित पारित गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए। 

विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उनले बताए। त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रबाट दुई सय सदस्य बराबर एक प्रतिनिधि हुने गरि निर्देशिका पारित गरिएको प्रवक्ता सुमनले जानकारी दिए। 

उनले जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुला प्रतिस्पर्धाबाट र ३० प्रतिशत समावेशी प्रतिस्पर्धाबाट चयन गर्ने बताए। जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.