बर्दिया राष्ट्रिय निकुञ्जमा डढेलो, जोखिममा डमरुसँगका बघिनी

बर्दिया राष्ट्रिय निकुञ्जमा डढेलो, जोखिममा डमरुसँगका बघिनी
डढेलोको अवस्थामा जंगलमा देखिएको पाटेबाघ।
सुन्नुहोस्

गुलरिया : सुख्खा मौसमसँगै यतिखेर देशैभर आगलागीका घटनामा वृद्धि भएको छ। देशभरका वनमा डढेलेले वन्यजन्तुहरु पनि संकटमा छन्।

व्यापक रुपमा भएको डढेलोले वातावरण प्रदूषित पार्दै डमरुसँगका बघिनी लगायतका अन्य वन्यजन्तुहरु जोखिममा परेका छन्। तराईकै ठूलो ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज लगायत सामुदायिक तथा मध्यवर्ती वन क्षेत्र डढेलोको जोखिममा छन्। बर्दिया राष्ट्रिय निकुञ्जभित्र धेरैजसो क्षेत्रहरुमा डढेलो लागेको छ। 

वन क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष तीन गुणा बढी डढेलो लागेको छ।  बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको डढेलो नियन्त्रण गर्न निकुञ्जले आफ्नै जनशक्ति प्रयोग गर्दै आएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए।'फेव्रुअरीदेखि मार्च १५ सम्म घाँसेमैदान ब्यवस्थापनका लागि हामी आफैंले जंगलमा आगो लगाउँछौं। यतिखेर प्राकृतिक आफैं आगो लागिरहेको छ।',  उनले भने, 'हामीसँग दमकल छैन। पालिकाको सहयोगमा दमकलबाट पनि आगो नियन्त्रण गरेका छौं। निकुञ्ज भित्रको पोस्ट जोगाउने, पुल, चरा, गोहीको साईट जोगाउने काम भैरहेको छ। अहिलेसम्मको आगो त ठिकै हो। अब दुई हप्तापछि पनि यस्तै जंगलमा आगो लाग्यो भने धेरै खतरा र चुनौती ब्यहोर्नु पर्छ।'

अधिकृत रामका अनुसार बच्चासँगको चित्तल, डमरुसँगको बघिनी भएको अवस्थामा आगोले धेरै खतरा पुर्याउँछ। अहिलेसम्म त्यस्तो घटना नभएको उनले बताए। निकुञ्ज भित्रको भौगोलिक विकटताका कारण कतिपय क्षेत्रहरु नियन्त्रणभन्दा बाहिर भएको र आफूहरुले नियमित अनुगमन गरिरहेको उनले बताए।

पछिल्लो तथ्यांक अनुसार नेपालमा रहेका ३ सय ५५ बाघमध्ये १ सय २५ वटा बाघ बर्दियामा छन्। श्रोतका अनुसार निकुञ्जमा लागेको डढेलोको कारणले जनावरहरु अत्तालिएका छन्। सरीश्रृप प्रजाती जलेका छन्। आन्तरिक पर्यटकहरुले पर्यटकीय यात्रासमेत स्थगित गरेका छन्। यस वर्ष बर्दियाका वन क्षेत्रमा डढेलोको अनुपात बढेको छ। 

'गत वर्ष २ सय १६ हेक्टर क्षेत्रफल वन क्षेत्रमा लागेको थियो। यस वर्ष वैशाख १० गतेसम्म ७ सय ४५ हेक्टर क्षेत्रफलमा लागेको छ। स्थानीय श्रोत साधन प्रयोग गरेर डढेलो नियन्त्रणमा लिएका छौं। अन्य जिल्लाको तुलनामा यो तथ्यांक थोरै हो', डिभिजन वन कार्यालय बर्दियाका प्रमख प्रविण विडारीले भने।

वन डढेलोको दीर्घकालीन प्रभाव हुन्छ। यसले वायुमण्डलमा कार्वन उत्सर्जन, वन्यजन्तुको बासस्थानमा क्षति, माटो खुकुलो पार्ने, जडिबुटी नष्ट गर्दै पानीको मुहान सुकाउने अनि पारिस्थितिकीय प्रणाली नष्ट गर्छ। 

निकुञ्जमा भएको आगलागीले गर्दा मानववस्ती धुवैधुवामय वनेको छ। निकुञ्ज भित्रको आगलागी नियन्त्रण गर्न निकुञ्जले मात्र सम्भव नहुने चोरी शिकार नियन्त्रणमा युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले बताए। 'डढेलो नियन्त्रणका लागि स्थानीय समुदायले पनि हातेमालो गर्नुपर्छ। नदीमा पानी छैन कसरी निकुञ्जले मात्र डढेलो निभाउन सक्छ', उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.