राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि प्रचण्ड,ओली र नेपालबीच छलफल

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि प्रचण्ड,ओली र नेपालबीच छलफल

काठमाडौं : सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच भेटघाट भएको छ। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि उनीहरूबीच भेटघाट भएको हो। राष्ट्रिय सभा निर्वाचन केहीबेरमा हुँदैछ। 

उनीहरूबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन,विश्वासको मतलगायत समसायिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। 

नेकपा एकीकृत समाजवादीले आफ्ना मागबाट पछि नहटेपछि शीर्ष नेताहरू छलफलमा जुटेको एक नेताले जनाएका छन्। 

नेकपा एसले कांग्रेससँगको गठबन्धनमा भएको सहमतिअनुसार माधव कुमार नेपालले कम्तिमा एक वर्ष प्रधानमन्त्री बन्नुपर्ने र संघदेखि प्रदेश सरकारसम्म पावर सेयरिङमा लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको छ। यी दुवै विषयमा प्रधानमन्त्री सहमत भएपछि  मात्रै नेकपा एसले राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने बताएको छ।

नयाँ सत्ता समीकरण बनाउँदा  बहुमत नपुगेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीले निरन्तर संवाद गरेर नेपाललाई सरकारमा ल्याएका थिए। नयाँ सरकारमा सहभागी भएको नेकपा एस आफ्नो अडानबाट पछि नहट्ने भएको हो।

नयाँ सरकारमा नेकपा एसबाट दुईजना मन्त्री बनेका छन्। भानुभक्त जोशी र धनबहादुर बुढा मगर मन्त्री बनेका हुन्। 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.