प्रधानमन्त्रीसँग सभामुखको आग्रह : सदन खुलाउन प्रतिपक्षसँग गम्भीर भएर छलफल गरिदिनुपर्‍यो

प्रधानमन्त्रीसँग सभामुखको आग्रह : सदन खुलाउन प्रतिपक्षसँग गम्भीर भएर छलफल गरिदिनुपर्‍यो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल भेट्न शुक्रबार बिहान सभामुख घिमिरे प्रधानमन्त्रीको सरकार निवास बालुवाटार गएका थिए।

भेटमा संसदको गतिरोध हटाउनेबारे र संसदीय समितिका सभापति चयनलगायत समसायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

छलफलका क्रममा सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षसँग गम्भीर भएर छलफल गरिदिन आग्रह गरेका थिए। उनले सभामुखको रुपमा आफूले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको र सकारात्मक परिणाम निस्कन नसकेको गुनासो गरेका थिए।

 

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे।

जवाफमा प्रधानमन्त्री दाहालले सदन खुलाउन आफूले सकारात्मक भएको बताएका थिए। प्रधानमन्त्रीले सदनको अवरोध खुलाउनेबारे विपक्षी दलका नेतासँग छलफल गर्ने बताए।

यसअघि पनि संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। तर, छलफलमा उनीहरुबीच सहमति जुट्न सकेको छैन।

विमानस्थलबाट साउन २ गते बरामद भएको तस्करीको सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले पटकपटक संसद अवरुद्ध गर्दै आएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.