चिकित्सकमाथि कार्यस्थलमै आक्रमण हुनु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा

चिकित्सकमाथि कार्यस्थलमै आक्रमण हुनु सभ्य समाजमा स्वीकार्य हुँदैन : गगन थापा
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कार्यस्थलमै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार र भौतिक आक्रमण हुन सध्य समाजमा स्वीकार्य हुन नसक्ने बताएका छन् । सभापति थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन् ।


सभापति थापाले घटना पश्चात पेशागत सुरक्षाका लागि नेपाल चिकित्सक संघलगायतको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा उपचारको पर्खाइमा रहेका हजारौं बिरामीहरूले सास्ती भोग्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । उनले आफ्नो सुरक्षा र पेशागत हकका लागि सेवा बन्द जस्तो अप्रिय निर्णय गर्ने ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी पुग्नु चिन्ताजनक विषय भएको बताएका छन् । उनले यस्तो परिस्थिति अहिले मात्र भएको नभइ यसतर्फ तत्कालीन र दीर्घकालीन समाधान खोज्न ढिलो गर्न नहुने बताएका छन् ।

सभापति थापाले विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक पटकको आन्दोलनको दवाव र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६(संशोधन सहित) कार्यान्वयनमा आइसकेको समेत बताएका छन् । उनले  यस घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गर्दै वार्ताका क्रममा दुव्र्यवहार गर्ने अधिकारी र प्रहरीमाथि निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।  

सभापति थापाले नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग अविलम्ब संवाद गरी उनीहरूका पेशागत सुरक्षाका  मागहरू सम्बोधन गरेर ओपिडी लगायतका अत्यावश्यक सेवाहरू तत्काल सुचारु गर्ने वातावरण मिलाउन सरकारले अतिरिक्त पहलकदमी लिनुपर्ने बताएका छन् ।  उनले स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र विरामीको अबस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादवाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघलगायत सवै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल पनि गरेका छन् । 

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.