कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यक्षराज जोसीले नेपालको संविधानको धारा १६८(२) बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए। सोही आह्वानअनुसार नेकपा र नेकपा एमालेको समर्थनमा शाहीले बहुमतसहित सरकार गठनको दाबी पेश गरेका थिए। प्रदेश प्रमुखले दाबीको संवैधानिक परीक्षणपछि शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाहीले प्रदेशको राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने बताएका छन्। उनले दलहरूबीच सहकार्य, विश्वास र सहमतिका आधारमा प्रभावकारी शासन सञ्चालन गर्दै प्रदेशको समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शाही नेतृत्वको मन्त्रिपरिषद् विस्तार भोलि नै गर्ने तयारी रहेको स्रोतको भनाइ छ। सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र मन्त्री चयनबारे छलफल जारी रहेको जनाइएको छ। पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरी क्रमशः विस्तार गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.