प्रि ओपन सेसनमा १८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १८.१९ अंकले घटेर २७१६.४१ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६७ वटा स्क्रिप्सको १ लाख २४ हजार ४१८ कित्ता सेयर ६७ लाख ८९ हजार २५३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो।
बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !