मोरङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

विराटनगर : कोशी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगामा शुक्रबार राति ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। दुर्घटना बूढीगंगा गाउँपालिका–१ स्थित शिवम् पेट्रोल पम्पअगाडि भएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो काट्दै गरेको साइकललाई शुक्रबार साँझ ५:२० बजेतिर ठक्कर दिएको थियो। मिनी ट्रकको ठक्करबाट मोरङको बेलबारी नगरपालिका–५ का ४५ वर्षीय सन्ते खवासको मृत्यु भएको उनले बताए।

न्यौपानेका अनुसार बाटो काट्दै गर्दा ट्रकले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका खवासको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति १०: १२ बजेतिर मृत्यु भएको हो। दुर्घटनालगत्तै फरार रहेका ट्रक चालकको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.