पुष्पलालले देखाएको बाटो अझै पनि उत्तिकै सान्दर्भिक

पुष्पलालले देखाएको बाटो अझै पनि उत्तिकै सान्दर्भिक

भक्तपुर : नेपाली कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले थिमि बैंक्वेटमा स्मृति सभा सम्पन्न गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, संगठनात्मक र संघर्षको स्पष्ट मार्गदर्शन दिएका पुष्पलालको बाटो अहिले पनि  उत्तिकै सान्दर्भिक रहेको भन्दै उपस्थित नेताकार्यकर्ताले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज डीपी ढकालले पुष्पलालले देखाएको समाजवादको बाटो नेपाली जनताको सपनासंग जोडिएको जिकिर गर्दै समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता औल्याए । केन्द्रीय सदस्य दिलीप प्रजापतिले पुष्पलालको विचारलाई व्यवहारमा लागू गर्नुपर्ने र  जनताको पक्षमा निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए ।

पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपाका केन्द्रीय सदस्यहरु रामप्रसाद सापकोटा ‘दीपशिखा’, भवानी खड्का, उमा कपाली, अन्जना तिमल्सिना र सुनिल बासु त्यसैगरी बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना र मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख बिजयकृष्ण श्रेष्ठ लगायतले कम्युनिस्ट बिरोधि गतिविधिको प्रतिरोध गर्ने तथा देश र जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता प्रकट गरेका थिए ।

सो अवसरमा नेपाली कम्युनिस्ट पार्टीको सदस्यता अनलाइनबाट नवीकरण गर्ने बिधिबारे केन्द्रीय सदस्य शिव खकुरेलले प्रशिक्षण समेत प्रदान गरेका पार्टीका भक्तपुर जिल्ला संयोजक श्यामसुन्दर बस्नेतले बताए । पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता मानिन्छन् । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दै उनले नेपालमा वैज्ञानिक समाजवादको बिजारोपण गरेका थिए । 

निरंकुश राणा शाशन र पन्चायती ब्यवस्थाका साथै सामन्तवाद विरुद्ध संघर्षमा उल्लेखनीय योगदान पुर्याएका उनले समाजवादको स्पष्ट राजनीतिक कार्यदिशा प्रस्तुत गरेका थिए । उनको योगदानको सम्मानमा ४८ औं स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको नेकपा भक्तपुरका सहसंयोजक सुरेश न्यौपानेले जानकारी गराए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.