गगन थापालाई पूर्णबहादुर खड्काको सन्देश- बरु मर्न तयार छौं, समर्पण गर्दैनौं

गगन थापालाई पूर्णबहादुर खड्काको सन्देश- बरु मर्न तयार छौं, समर्पण गर्दैनौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग समर्पण नगर्ने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्न तयार भए पनि समर्पण नगर्ने बताए।

उनले आफूहरू कोही पनि निष्क्रिय नबस्ने चेतावनीसमेत दिए। 'हामी कोही निष्क्रिय बस्नेवाला छैनौं। कोही भ्रममा नबसे हुन्छ। हामीले युवालाई अगाडि सारेर, अझ सक्रिय भएर, युवाको रक्षाकवच भएर अगाडि बढ्छौं,' उनले भने, 'बरु मर्न तयार छौं, समर्पण गर्दैनौं।'

उनले आफूहरूलाई पदको आकांक्षा नरहेको भन्दै एकता गर्नमात्र चाहेको बताए। 'हामीलाई जोड्नुस्, सानेपामा एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो? बार्गेनिङ गरेको हो? हामीलाई पदकै भारी छ। पदको आकांक्षा पनि छैन,' उनले भने।

उनले गिरिजाप्रसाद कोइरालाले नचाहेसम्म जसरी पार्टी एकता हुन सकेको थिएन, त्यसरी नै गगन थापाले नचाहेसम्म एकता सम्भव नरहेको बताए। 'त्यतिबेला गिरिजाबाबुको हस्ताक्षर चल्थ्यो, त्यसैले उहाँले पार्टी एकता गर्नुभयो। अहिले सही तपाईंको मात्र चल्छ गगनजी, तपाईंले नचाहेसम्म पार्टी एकता हुँदैन,' उनले भने।

निवर्तमान कार्यवाहक सभापति खड्काले यतिबेला २०३८ सालभन्दा सयौं गुणा बढी नेपालको राष्ट्रियता संकट रहेको बताए। उनले देश नै रहने नहरने अवस्था पुगेको टिप्पणी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.