अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’

अन्नपूर्णको सुपर एप ‘सम्पूर्ण’

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले डिजिटल कोसेली 'सम्पूर्ण' लन्च गर्ने भएको छ। अन्नपूर्ण पोस्ट् र ‘अकिन’को सहकार्यमा नेपालकै मिडिया क्षेत्रमा पहिलोपटक ‘सुपर एप’ लन्च गर्न लागिएको हो।

नागरिकका लागि दिनानुदिन प्रयोगमा आउने विषयवस्तु समेटेर सम्पूर्ण सुपर एप लन्च गर्न लागिएको हो। शुक्रबार विशेष समारोहबीच सुपर एप सार्वजनिक गरिने अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ। उक्त कार्यक्रमको होस्ट एआई गर्नेछ।

सुपर एप पनि एआई प्रविधिमा आधारित छ। यसमा ताजा समाचारमात्र होइन, सुन-चाँदीको मूल्य, विदेशी विनियम दर, इन्धनको मूल्य र मौसमको ताजा जानकारी पनि पाउन सकिन्छ। साथै, जनताका आवाजसँग संवादसमेत हुने अन्नपूर्णका प्रधान सम्पादक बालकृष्ण बस्नेतले जानकारी दिए। 

यो सुपर एपमा जन्म कुण्डली, गुणा मिलान, ग्रह गोचर, सुरक्षित कुण्डलीसहित दिन, महिना र वर्षको राशिफल हेर्न सकिन्छ। एपमा भित्तेपात्रोसँगै पञ्चाङ र चाडपर्वका बारेमा पनि जानकारी पाउन सकिन्छ। पात्रोमा आफ्ना निर्धारित कार्यक्रमहरू पनि नोट गरेर राख्न सकिन्छ। सेयर बजारमा भइरहेका गतिविधिहरू पनि एपमा हेर्न सकिन्छ।  

सुपर एपमा रहेका विभिन्न फिचरहरूलाई प्रयोगकर्ताले आफू अनुकुल परिवर्तन पनि गर्न सक्नेछन्। आफूलाई मन पर्ने फिचरलाई कस्टोमाइज गर्न सकिनेछ।

अन्नपूर्ण भेन्चर्सकी सञ्चालन एवं प्रशासन निर्देशक सीमा शर्माका अनुसार प्रविधिसँगसँगै अन्नपूर्णलाई पनि अगाडि बढाउन यो सुपर एपको सुरुवात गरिएको हो। ‘यो सुपर एप एआई प्रविधिमा आधारित छ,’ निर्देशक शर्माले भनिन्, ‘एप प्रयोग गर्दा प्रयोगकर्ताले समाचार पढिरहनुपर्ने झन्झट हुँदैन। एआई होस्ट आफैंले समाचार पढेर सुनाउनेछ।’ 

डिजिटल दुनियाँमा अन्नपूर्ण मिडियाले गरेको यो नेपालकै पहिलो प्रयोग हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.