पशुपतिमा साउने सोमबारको तयारी पुरा
काठमाडौं : साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा आवश्यक तयारी गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौं भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्दछन् । भक्तजनको सहजताका लागि आवश्यक सबै तयारी भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको सोमबार बोलबम यात्रीको पशुपतिनाथमा भीड लाग्छ । वैदिक ग्रन्थमा उल्लेख गरिएअनुसार महादेवले जलधारा मन पराउने भएकाले वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा अर्पण गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तीर्थ यात्रीको भीड व्यवस्थित गर्न प्रत्येक साउने सोमबार पशुपतिमा चार वटा लाइन राख्ने कोषको तयारी छ ।
प्रतिक्रिया दिनुहोस !