आगामी ५० वर्षलाई हेरेर सरकारले विद्यालय शिक्षा विधेयक ल्याउँदैछ : मन्त्री पोखरेल

आगामी ५० वर्षलाई हेरेर सरकारले विद्यालय शिक्षा विधेयक ल्याउँदैछ : मन्त्री पोखरेल
सुन्नुहोस्

काठमाडौं : सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिएका छन् ।  

बिहीबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पोखरेलले अबको ५० बर्षसम्मका शिक्षा क्षेत्रका सम्भावित चुनौतीहरूलाई सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइने जानकारी दिएका हुन् ।

उनले वर्तमान समयमा प्रविधिको विकास र एआईको बढ्दो प्रयोग जस्ता विषयहरूलाई समेट्ने गरी विधेयक आउने बताए । उनले नेपालभरिको सम्पूर्ण विद्यालय पाठ्यक्रमलाई पूर्ण रूपमा पुनर्संरचना गर्नका लागि एउटा कार्यदल गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिए । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको तालिमसम्बन्धी कार्यक्रमहरूलाई पनि अगाडि बढाइएको उनको भनाइ छ ।

मन्त्री पोखरेलले विद्यालयहरूको वास्तविक आवश्यकता पहिचान गरी सोही आधारमा मात्र बजेट विनियोजन गर्ने कार्यक्रमहरू अगाडि सारिएको उल्लेख गरे । चितवनमा रहेका विश्वविद्यालय, क्याम्पस र स्कुलको स्थलगत निरीक्षणका लागि मन्त्री पोखरेल चितवन पुगेका हुन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.