अन्नपूर्ण मिडियाको कार्यकारी निर्देशकमा ऐरी

अन्नपूर्ण मिडियाको कार्यकारी निर्देशकमा ऐरी
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको कार्यकारी निर्देशकमा लालबहादुर ऐरी नियुक्त भएका छन् । अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनको निर्णयअनुरुप साउन १ गतेदेखि लागू हुने गरी ऐरीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको हो । 

अन्नपूर्ण मिडियाको मुख्यालयमा बिहीबार आयोजित एक समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधान सम्पादक बालकृष्ण बस्नेत, ग्रुपका सीईओ पंकज बास्कोटासहितले नव नियुक्त कार्यकारी निर्देशक ऐरीलाई स्वागत गरेका थिए । ऐरी यसअघि गोरखापत्र संस्थानको महाप्रबन्धक थिए ।

ऐरीसँग न्यूज रिपोटिङ, सेल्स, डिस्टिब्यूर्सन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापनलगायतको अनुभव छ । 

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्णपोस्ट् डटकम, टेलिभिजन र रेडियो अन्नपूर्ण रहेका छन् ।
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण देशको एक महत्वपूर्ण समाचार संस्था भएको उल्लेख गर्दै आफूहरु नयाँ शैली र तौरतरिकामा अगाढि बढ्ने जमर्कोमा रहेको बताएका छन् ।

अध्यक्ष थापाले मिडिया क्षेत्रमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै समय अनुसार संस्थालाई व्यवस्थापन गर्दै जानु पर्ने विभिन्न चुनौतिहरु रहेको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतले हरेक संस्थामा समस्या र अवसर दुबै हुने बताउँदै चुनौतिहरुलाई अवसरमा बदल्दै अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । उनले वर्तमान विषम परिस्थितिमा फरक तरिका र बाटोबाट मात्र सञ्चार संस्था बचाउन सकिने र सञ्चारकर्मीहरुलाई टिकाउन सकिने बताएका छन् ।

नव नियुक्त कार्यकारी निर्देशक लालबहादुर ऐरीले अन्नपूर्ण मिडिया नेटवर्क जस्तो प्रतिष्ठित र गौरवपूर्ण संस्थामा जोडिन पाउनु आफ्ना लागि गौरवको विषय भएको बताएका छन् । उनले ‘मिडिया क्राइसिस’ अहिले सबैतिरको समस्या भएको बताउँदै यसलाई सबैको सहकार्यमा रणनीतिक रुपमा व्यवस्थापन गर्दै जानु पर्ने बताए । उनले संस्थालाई सुदृढ बनाउन आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमल देव भट्टराई, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेललगायतको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.