गोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृत्यु

गोठ भत्किँदा स्याङ्जामा ६५ वर्षीय वृद्धको मृत्यु
तस्बिर :भवानी अधिकारी,स्याङ्जा

स्याङ्जा : गल्याङ नगरपालिका–६ स्थित पिँडीखोलामा गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर राना मगरको मृत्यु भएको छ।

बिहीबार बिहानै गोठमा रहेका भैँसी र चौपायालाई दानापानी एवं कुँडो खुवाउँदै गरेका मगरको अचानक गोठ भत्किँदा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

गोठ भत्किँदा उनीसँगै एउटा भैँसी पनि मरेको छ भने एउटा बङ्गुर घाइते भएको बताइएको छ। घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा मृतक मगरको शव बाहिर निकालिएको हो।

केही दिनदेखिको अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न घरगोठ तथा विद्यालयमा क्षति पुग्नुका साथै पशुचौपाया समेत मरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.