मलामी गएका युवा दरौंतीले बगाएर बेपत्ता
गोरखा: दरौंदीले बगाएर एक मलामी बेपत्ता भएका छन् । बिहीबार दिउँसो दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका अजिरकोट ४ झ्यावाँका ४० वर्षीय सम्शेर नेपाली २४ घण्टादेखि बेपत्ता भएका हुन् ।
गाउँका एक युवाको अन्त्यष्टि गर्ने क्रममा उनलाई दरौंदी नदीले बिहीबार दिउँसो एकबजेतिर बगाएको थियो । प्रहरी र स्थानीयबासीले खोजी गरिरहे पनि फेला पार्न नसकिएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !