सुदूरपश्चिममा बजेट विवाद : मुख्यमन्त्री शाहले गरे एमालेका चार मन्त्री बर्खास्त

सुदूरपश्चिममा बजेट विवाद : मुख्यमन्त्री शाहले गरे एमालेका चार मन्त्री बर्खास्त
तस्बिर : अन्नपूर्ण

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन् ।

बजेटलाई लिएर सत्तारुढ दुई दलबीच खटपट चलिरहेको थियो । एमालेले आफैं सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गरेका थिए । एमाले सांसदहरूले खर्च कटौतीको प्रस्तावसमेत दर्ता गराएका थिए । 

यससँगै सुदूरपश्चिम प्रदेश सरकार नयाँ सत्ता समीकरणअनुसार पुनर्गठन हुने भएको छ । सरकार पुनर्गठनबारे मुख्यमन्त्री कार्यालयले छलफल अघि बढाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.