पूर्वअमिर थानीको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै

पूर्वअमिर थानीको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
सुन्नुहोस्

काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन्। मंगलबार  राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादव आज दिउँसो ३:३० बजे कतार जाँदैछन्।  यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन्।

उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.