वर्ल्डलिंकद्वारा समुदायस्तरमा पनि सुरक्षित इन्टरनेट तथा साइबर जोखिम न्यूनीकरण सचेतना

वर्ल्डलिंकद्वारा समुदायस्तरमा पनि सुरक्षित इन्टरनेट तथा साइबर जोखिम न्यूनीकरण सचेतना
सुन्नुहोस्

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सञ्चालन गर्दै आएको वर्ल्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रम मार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, जोखिम न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। 

गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । 

डिजिटल प्रविधि आजको जीवनशैलीको अभिन्न हिस्सा र आधारभूत आवश्यकता बनिसकेको छ। तर यसको प्रयोगसँगै साइबर दुर्व्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचनाजस्ता जोखिमहरू पनि बढ्दै गएका छन्। विशेषगरी बालबालिका र युवाहरू इन्टरनेटको बारेमा सुरक्षित र जिम्मेवार डिजिटल अभ्यासबारे सचेत गराउनु आजको आवश्यकता बनेको छ।

यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यका साथ वर्ल्डलिंक कम्युनिकेशन्सकी प्रमोटर सेयरहोल्डर तथा सीएसआर डाइरेक्टर अनुपा भण्डारी जालानको नेतृत्व, अवधारणा र योजनाअनुसार विगत केही वर्षदेखि उक्त सचेतना कार्यक्रमको सुरुवात गरिएको हो। 

वर्ल्डलिंक स्वयं इन्टरनेट सेवा प्रदायक संस्था भए पनि आफ्नो क्षेत्रसँग सम्बन्धित चुनौती र समस्याहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्दै विद्यालयका विद्यार्थी तथा समुदायलाई लक्षित गरी डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कुरा भण्डारी जालानले स्पष्ट पारे।

उनका अनुसार यो सचेतना कार्यक्रम हाल विद्यालय र समुदायस्तरमा निरन्तर सञ्चालन हुँदै आएको छ। यस अभियानले विद्यार्थी तथा समुदायका व्यक्तिहरूलाई इन्टरनेटका अवसर र चुनौतीबारे जानकारी प्रदान गर्नुका साथै सुरक्षित तथा जिम्मेवार अनलाइन व्यवहार अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।

यसै अभियानअन्तर्गत चालु आर्थिक वर्षमा भक्तपुरको चाँगुनारायण नगरपालिकाको समन्वयमा १९ वटा विद्यालयका करिब १,४९० विद्यार्थीहरू यस सचेतनामूलक तालिमबाट लाभान्वित भएका थिए। तालिमपश्चात् विद्यार्थी, शिक्षक तथा अभिभावकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समुदायस्तरबाट बढ्दो मागका आधारमा यस्ता कार्यक्रमलाई विद्यालयमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरिएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.