इटहरीको हलगडामा नयाँ शोरूमको सुरुवातसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
इटहरी : कजारिया रमेश टायल्सले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाललाई थप मजबुत बनाउइटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै पुर्याउने उद्देश्य राखेको छ।
यस शोरूमको औपचारिक उद्घाटन असार २४ गते बुधबार अपराह्न ४ बजे एक भव्य समारोहमा भएको हो। उद्घाटन समारोहको नेतृत्व कजरिया रमेश टाइल्सडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले गरेका थिए। समारोहमा उपस्थित ए–क्लास मार्बल्स एण्ड टाइल्सको व्यवस्थापन टोलीले स्थानीय बासिन्दा तथा व्यावसायिक साझेदारहरूलाई नयाँ सञ्चालनमा आएको शोरुम अवलोकनका लागि औपचारिक रूपमा स्वागत गरेको थियो।
आधुनिक र ग्राहक–मैत्री शैलीमा व्यवस्थित गरिएको यस शोरूमले ग्राहकहरूलाई उत्कृष्ट र सजिलो कार्यसम्पादनको अनुभव प्रदान गर्नेछ। यहाँ आउने ग्राहकहरूले विभिन्न टायल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टायल छनोट गर्न सक्नेछन्।
“ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको हाम्रो यो सहकार्य इटहरी र यस आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हाम्रा विश्वस्तरीय डिजाइनहरू स्थानीय बासिन्दाहरूको नजिकै ल्याएर हामी उहाँहरूको घर निर्माण र पुनःनिर्माणको यात्रालाई मद्दत पुर्याउन चाहन्छौं”, उद्घाटनका क्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिले भभने।
यो शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ। हलगडा, इटहरी तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई शोरूममा आई नयाँ कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !