लालबन्दीमा मोबाइल पसल सञ्चालकमाथि कसले हान्यो गोली ?

लालबन्दीमा मोबाइल पसल सञ्चालकमाथि कसले हान्यो गोली ?
सुन्नुहोस्

बरहथवा : सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ। रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

उनले मोबाइल पसल गर्दै आएका लालबन्दी नगरपालिका–७, का हरिप्रसाद सापकोटालाई राति पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकल चढेर आएका तीन जनाले लुट्ने प्रयास गरेका प्रहरीले जनाएको छ।
 

‘लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने व्यक्तिलाई राति पन्छ्याएर एकान्त जस्तो ठाउँमा पुगेपछि बाटो घेरेर लुट्ने प्रयास भएको छ।’ उनले भने,‘उहाँले प्रतिकार गरेपछि उनीहरु गोली पड्काउँदै भागेका देखिन्छ। हामी अनुसन्धानमै छौँ।’
घटनास्थलबाट नलकटुवा पेस्तोलबाट पड्काएको गोलीको खोखासमेत प्रहरीले बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.