बाराको निजगढमा स्थानीयमाथि धारिलो हतियार प्रहार

बाराको निजगढमा स्थानीयमाथि धारिलो हतियार प्रहार

सिमरा: बाराको निजगढ नगरपालिका–१, सिंगौलमा सोमबार एक स्थानीयमाथि घरेलु हतियार (दाउ) प्रहार भएको छ। स्थानीय ५० वर्षीय धनबहादुर घिमिरेले सोही ठाउँका ४० वर्षीय मानबहादुर योञ्जनमाथि मासु काट्न प्रयोग गरिने धारिलो हतियार प्रहार गरेका हुन्।

हतियार प्रहारबाट योञ्जनको गर्दनमा गहिरो चोट लागेको छ। घटनालगत्तै गम्भीर घाइते योञ्जनको उद्धार गरी तत्काल निजगढस्थित सिटी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

चोट गम्भीर प्रकृतिको भएकाले योञ्जनका परिवारले उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याएका हुन्। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीका अनुसार घाइते योञ्जनको अवस्था हाल खतरामुक्त रहेको छ।

प्रहरीका अनुसार घटना के-कति कारणले भएको हो भन्नेबारे अझै खुल्न सकेको छैन। स्थानीयका अनुसार घटना हुनुअघि उनीहरूबीच कुनै सामान्य विवाद वा भनाभन समेत भएको थिएन। योञ्जन एक हार्डवेयर पसलमा सिमेन्टको पैसा तिर्न गएका बेला त्यहाँ रहेका घिमिरेले उनीमाथि अचानक आक्रमण गरेका हुन्।

घटनालगत्तै खटिएको इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट सिंगौलको संयुक्त टोलीले आक्रमणमा संलग्न घिमिरेलाई नियन्त्रणमा लिएको छ। घिमिरेमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.