विद्यालय भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रअसहित चार जनाविरुद्ध मुद्दा दायर
रौतहट : विद्यालय भवन निर्माणमा अनियमितता भएको भन्दै राजपुर नगरपालिकाका–२ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एक लेखा कर्मचारीसहित चार जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतले विद्यालयको टेण्डर तथा भवन निर्माण गर्दा अनियमितता गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धान गरेपछि अख्तियारले विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र जनता (नमूना) माध्यमिक विद्यालयका लेखापाल शेख जहिरमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो बराबरको जरिवाना, कैद सिफारिस गरेको छ ।
राजपुर नगरपालिकाको २०७५ साल चैत ३ गतेको निर्णयानुसार राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमको लागि बहुवर्षीय गुरूयोजना स्वीकृत गरी सो विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको, परामर्शदाता डिबि मल्टी इन्जिनियरीङ कन्सल्टेन्ट, नयाँ बानेश्वरबाट प्रि–स्कुल ब्लकको आठकोठे भवन निर्माण कार्यको लागि तयार भएको लागत अनुमान ९७ लाख ३७ हजार ९ सय ९४ रुपैयाँ ६२ पैसा रहेकोमा उक्त निर्माण कार्यको लागि संशोधित लागत अनुमान रू.१ करोड ५ लाख ७७ ह्जार ५ सय ९६ रुपैयाँ ४० पैसा भएको भनी विद्यालयमा गठन गरिएको भौतिक संरचना निर्माण समितिबाट भवन निर्माणको कार्य गराएर ११ लाख गराई उक्त भवन निर्माण कार्यमा प्राविधिक बिल अनुसार जम्मा १० हजार १ सय १४ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।
भौतिक संरचना निर्माण समितिको मिति २०७७ फागुन १६ गतेको बैठकबाट रकम निकासा गर्ने भनी निर्णय गराएको देखिएकाले आयोगबाट उक्त निर्माण कार्यको स्थलगत नापजाँच गर्दा एघार लाख दश हजार एक सय चौध रूपैया सन्ताउन्न पैसा बराबरको बढी निर्माण कार्य भएको देखाई नगरेको कामको समेत झुट्टा बिल, भरपाई बनाई बढी मूल्याङ्कन गरी / गराई नेपाल सरकार र विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्याउने बदनियतले भुक्तानी लिने÷दिने कार्य गरेको आरोपमा चार जनाविरुद्ध आरोपपत्र दायर भएको अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस !