सिआइबीकै नाममा स्क्याम, इमेल पठाएर सम्पर्क गर्न उर्दी

सिआइबीकै नाममा स्क्याम, इमेल पठाएर सम्पर्क गर्न उर्दी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नाम दुरुपयोग गरेर इमेलमार्फत स्क्याम गर्ने गतिविधि बढेको पाइएको छ। सिआइबी प्रमुखको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाएर ठगी तथा भ्रम सिर्जना गर्ने प्रयास भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार स्क्यामरहरूले सिआइबी प्रमुखको नाममा इमेल पठाउँदै 'तुरुन्त यो इमेलको जवाफ नदिए कानुनी कारबाही अघि बढाइने, अदालतमा मुद्दा दायर गरिने र अदालतको आदेशको प्रतिलिपि पठाइने' भन्ने आशयका सन्देश इमेलमार्फत पठाउने गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै सिआइबीले यस्ता इमेलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ब्युरोले त्यस्ता इमेल आफ्नो कार्यालय वा सिआइबी प्रमुखबाट नपठाइएको स्पष्ट पार्दै त्यस्ता इमेलमा विश्वास नगर्न तथा कुनै पनि पत्राचार वा सम्पर्कका लागि आधिकारिक माध्यमबाट मात्रै पुष्टि गर्न आग्रह गरेको छ।

यस्ता शंकास्पद इमेल प्राप्त भएमा त्यसबारे जानकारी केन्द्रीय अनुसन्धान ब्युरोलाई उपलब्ध गराउन पनि अनुरोध गरिएको छ। सिआइबीका अनुसार घटनाबारे साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको छ। स्क्याम गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.