इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह सुरु, विदेशी विशिष्ट अतिथिहरू तेहरान पुग्दै

इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह सुरु, विदेशी विशिष्ट अतिथिहरू तेहरान पुग्दै
सुन्नुहोस्

काठमाडौं : इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु भएको छ। यसैबीच, त्यहाँ विदेशी पाहुनाहरू र विशिष्ट व्यक्तित्वहरू पुग्ने क्रम पनि सुरु भएको छ।

बीबीसी फारसी सेवाका अनुसार, एक घण्टा अघि चाइना पिपुल्स कांग्रेसका उपप्रमुख हे वेईको तस्बिर सार्वजनिक गरिएको छ, जो आजको समारोहमा सहभागी हुन तेहरान पुगेका थिए। आफ्नो भ्रमणको सुरुवातमा उनले इरानी संसदका सभामुख मोहम्मद बकर गालिबाफसँग भेटवार्ता गरे।

हालसम्म आयातुल्लाह अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित समारोहमा तुर्कमेनिस्तानका राष्ट्रिय नेता, इराकी संसदका सभामुख, देशका राष्ट्रपति, इराकी कुर्दिस्तान क्षेत्रका प्रमुख र आर्मेनियाका प्रधानमन्त्री उपस्थित भएका छन् । 

यस समारोहमा दर्जनौँ अन्य देशका नेताहरू, संसदका सभामुखहरू र परराष्ट्र मन्त्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। गत फेब्रुअरी २८ मा इरानमाथि इजरायलले गरेको आक्रमणमा आयातुल्लाह अली खामेनीको मृत्यु भएको थियो। उनीसँगै इरानका कैयौँ उच्च अधिकारीहरूको पनि ज्यान गएको थियो।

तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिलाका उपप्रमुख मोहम्मद अमिन तवाकलिजादेहका अनुसार जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । जुलाई ४, ५, ६, ७ र ८ मा हुने अली खामेनीको अन्त्येष्टि समारोहमा राजधानी तेहरानमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.