नेपाल एसबीआई बैंकको ‘एमडिज् कप फुटसल टुर्नामेन्ट’
काठमाडौं : नेपाल एसबीआई बैंकले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागितामा ‘एमडिज् कप फुटसल टुर्नामेन्ट–२०८३’ आयोजना गरेको छ।
उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुका साथै, कार्यस्थल बाहिर पनि टिमवर्क र सकारात्मक ऊर्जा विकास गर्न यस्ता खेलकुद गतिविधिहरू उपयोगी हुने विश्वास बैंकले लिएको छ।
प्रतियोगितामा बैंकको व्यवस्थापन टोलीहरू र महिला टोलीहरूबीच प्रदर्शनी खेलहरू आयोजना गरिएको थियो भने पुरुषतर्फ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो।
प्रतिक्रिया दिनुहोस !