विश्वकप

समूह विजेता अर्जेन्टिना, अपराजित रहँदै नकआउटमा

समूह विजेता अर्जेन्टिना, अपराजित रहँदै नकआउटमा
तस्बिर : फिफा

समूह विजेताको रूपमा अर्जेन्टिनाले नकआउटमा केप भर्डेसँग खेल्नेछ।

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा जोर्डनलाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको छ।‌ डालास स्टेडियममा भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने भएको हो।

null

पहिलो हाफ २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल बेहोर्दै अर्को १ गोल थपेको हो। खेलको १९ औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका थिए।

२८औं मिनेटमा पेनाल्टी बक्समा अर्जेन्टिनाका खेलाडीमाथि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी मार्फत अग्रता दोब्बर बनायो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गरेका हुन्।

खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गरेको थियो तर यो गोल अफसाइड घोषित भयो। ५५ औं मिनेटमा जोर्डनले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको थियो। जोर्डनका लागि मुसा अल तमारीले अर्जेन्टिनाविरुद्ध गोल गरेका हुन् । 

खेलको ६० औं मिनेटमा लाउटारो मार्टिनेजलाई प्रतिस्थापन गर्दै लियोनल मेस्सी मैदान प्रवेश गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोनल मेस्सीले खेलको ८० औं मिनेटमा फ्री किकमार्फत उत्कृष्ट गोल गरे।

अर्जेन्टिना समूह चरणको ३ खेलमा ३ जितसहित ९ अङ्क जोड्दै नकआउट खेल्दैछ। समूह विजेताको रूपमा अर्जेन्टिनाले नकआउटमा केप भर्डेसँग खेल्नेछ। अर्जेन्टिनासँग पराजित भएको जोर्डन भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ।null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.