चोरीको गाडी चढेर चोरी गर्ने मियाँ पक्राउ
रौतहट : जिल्लाको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन्।
शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न पुगेका थिए। चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला हुँदा उनले चोरीकै गाडीमा चोरी गर्न गएको खुलेको छ।
उनलाई सर्लाही प्रहरीले पक्राउ गरिसकेको छ। उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ।
चोरी भएको गाडीसँग मेल खाएको सर्लाही प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए।
प्रतिक्रिया दिनुहोस !