राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनु पर्छ : हर्क साम्पाङ
काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको राष्ट्रघाती अभिव्यक्ति सदनमा आफै आएर आफ्नै मुखबाट सच्याउनु पर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्छ भनेर लगातार आवाज उठाइरहेको भए पनि अझै सुनुवाइ हुन नसकेको बताए । उनले आफूहरुको माग यथावत रहिरहेको पनि बताएका छन् । सांसद राईले उनले आफूहरु सबैले देश भनिरहेको र देश बिना कोही बाँच्न नसक्ने बताउँदै उनले भुटानी शरणार्थीहरुको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने बताए ।
भुटानी शरणार्थीहरुको कि हामीलाई पहिलाकै देश भुटानमा जाने वातावरण मिलाई देउ कि तेस्रो मुलुक पुनर्बास भएका सन्तानसँग पुनर्मिलन गराई देउ भन्ने रहेको बताउँदै सांसद राईले त्यसतर्फ सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जानु पर्ने बताए । उनले नेपाल सानै भए पनि देश रहेको र आफूहरु सगौरव बस्न पाइरहेको बताउँदै विभिन्न कारणले आफ्नो देश छोडेर शरणार्थीको रुपमा बाँच्न वाध्य मानिसहरुको बारेमा पनि सरकारले सोच्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !