संसदमा कांग्रेसको प्रश्न : प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्नु भयो, त्यो कहाँनेर हो ?
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा मिचेको ठाउँ कहाँनेर हो भन्दै सरकारलाई प्रश्न गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद बासना थापाले प्रधानमन्त्री बालेन शाहले संसदको रोष्टमबाटै नेपालले भारतको पनि सीमा मिचेको बताएको भन्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको बताउनु भयो, त्यो ठाउँ कहाँनेर हो, हामीलाई पनि छिटो भन्दा छिटो अवगत गराई दिनु पर्यो ।’
उनले दुई देशबीचको सीमा विवादबारे बोलेको कुरा सत्य हो भने बताई दिन र सही होइन भने रकर्डबाट हटाउन समेत सभामुख डीपी अर्यालसामु माग गरिन् ।
प्रतिक्रिया दिनुहोस !