अछाममा जीप दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते
अछाम : अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिवार मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ४१ वर्षीय नबिन तुलाधर र बर्दियाको बासगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको मृत्यु भएको हो ।
घाइते सिरहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाह, बाँकेको नेपालगञ्ज उपमहागरपालिका–५ का २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ताको अवस्था गम्भीर र स्याङ्जाको फेदीखोला गा.पा.४ का अर्जुनकुमार पौडेलको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जीप शुक्रबार सडकबाट २०० मिटर तल खसेको डीएसपी खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !