परम्परागत उद्योग संरक्षणमा जोड

परम्परागत उद्योग संरक्षणमा जोड
सुन्नुहोस्

भक्तपुर : परम्परागत उद्योग, मौलिक कला र स्थानीय सीपलाई आधुनिक प्रविधिसँग जोड्दै आर्थिक समृद्धिको आधार बनाउनुपर्ने विषयमा सरोकारवाला एकमत बनेका छन्।

बिहीबार आयोजित अन्तरक्रियामा सरोकारवालाले परम्परागत उद्योगलाई नवप्रवर्तनसँग जोड्दै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले परम्परागत सीप हस्तान्तरणमा परिवार र समाजको भूमिका निर्णायक हुने बताए। तीनै तहका सरकारले नीतिनिर्माण र योजना तर्जुमा गर्दा परम्परागत वस्तु तथा सेवाको मूल्य अभिवृद्धि गर्न सक्नुपर्ने उनले स्पष्ट पारे। यसले परम्परागत सीपको संरक्षण र मौलिकताको प्रबद्र्धनमा योगदान पुग्ने उनले बताए।

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्माले भक्तपुरका परम्परागत उद्योगी र व्यवसायी मिलेर ’गो लोकल’ अभियान चलाएको र यसले रैथाले उत्पादनले प्रोत्साहन पाएको बताए। यस्तो अभियान देशैभर उदाहरणीय भएको उनको भनाइ छ। उद्योगी नील ताम्राकारले पर्यटकहरू नयाँ अनुभव र स्वादका पारखी हुने भएकाले स्थानीय उत्पादन पस्कन सके मात्र उनीहरू आकर्षित हुने र उनीहरूलाई खर्च गराउन सकिने अनुभव सुनाए। कपडामा रंग भर्ने जस्ता रैथाने व्यवसाय विस्तापित भएको बताउँदै उनले प्रविधि प्रयोग गर्न नसके यहाँका हस्तकला पनि संकटमा पर्नसक्ने विचार व्यक्त गरे।

अर्का व्यवसायी देवचन्द्र बज्राचार्यले बेरोजगार युवालाई तालिम, इन्टर्नसिप र इन्सेन्टीभको व्यवस्था गरी परम्परागत उद्योगमा लगाउन सकिने उल्लेख गरे। त्यस्तै कानुन व्यवसायी अमृत खरेलले स्थानिय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान गुणस्तरबारे ज्ञान हुनुपर्नेमा जोड दिए। 

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारले युवा पुस्ताको विदेश पलायन र परम्परागत पेसाप्रतिको विकर्षण डरलाग्दो भएको बताए। उनले स्थानीय व्यवसायको कथाहरू सञ्चार माध्यमबाट उपभोक्ता र पर्यटकसम्म पुर्‍याउन सकेमात्र मूल्य प्राप्त गर्न सहज हुने उल्लेख गरे। मूल्य सिर्जना भए मात्र युवा पुस्ताले परम्परागत व्यवसायलाई निरन्तरता दिने उनले स्पष्ट पारे।

कार्यक्रममा पर्यटन व्यवसायी अनिल चित्रकारले परम्परागत उद्योगको पक्षमा सिंगो सचेत समाज जुट्नुपर्नेमा जोड दिए। भक्तपुरका हरेक व्यक्ति नै परम्परागत उद्योगको ब्रान्ड एम्बस्डोर बन्नुपर्ने उनको जोड छ। त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्सः सुरेन्द्र श्रेष्ठले कर प्रणाली अनुकूल हुन् नसक्दा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको बताए।

कार्यक्रम संयोजक वीरेन्द्र जतिले भक्तपुरका मौलिक उद्योग, धातुकला, हस्तकला तथा स्थानीय उत्पादनले जिल्लाको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.