भारतीय रुपैंयाँ किन भइरहेको छ कमजोर ? के पर्छ असर ?

भारतीय रुपैंयाँ किन भइरहेको छ कमजोर ? के पर्छ असर ?
सुन्नुहोस्

भारत : नरेन्द्र मोदी जब २६ मे, २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बने, तब अमेरिकी एक डलर बराबर ५८.९४ भारतीय रुपैयाँ थियो । मोदी दोस्रो पटक चुनाव जितेर आएपछि रुपैयाँमा १७ प्रतिशत भन्दा बढी गिरावट भइसकेको थियो । ३० मे, २०१९ मा एक डलर बराबर ६९.३७ रुपैयाँ पुगेको थियो ।

नरेन्द्र मोदीले जुन २०२४ मा तेस्रो कार्यकाल सम्हाल्दा रुपैयाँ ८३.३८ को स्तरमा पुगेको थियो । अर्थात् २०१९ देखि २०२४ बीच रुपैयाँमा २० प्रतिशत भन्दा बढी गिरावट आएको थियो । अब तेस्रो कार्यकालका दुई वर्ष पूरा हुँदा एक डलर बराबर रुपैयाँ करिब ९६ पुगेको छ र यी दुई वर्षमा १४.७५ प्रतिशत गिरावट आएको छ । समग्रमा, प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षको कार्यकालमा रुपैयाँ ६२.३३ प्रतिशत कमजोर भएको छ ।

तर पहिलाको सरकारहरूको पालामा रुपैयाँ घट्दैनथ्यो भन्ने होइन । रुपैयाँ कमजोर हुने क्रम सबै सरकारहरूमा रहँदै आएको छ । मनमोहन सिंहको १० वर्ष (२००४–२०१४) शासनकालमा पनि रुपैयाँ ३१.६५ प्रतिशत घटेको थियो । मे २०१४ मा जब मनमोहन सिंह प्रधानमन्त्री बने, तब एक डलर बराबर ४५.३१ रुपैयाँ थियो र जब उनले पद छोडे, तब रुपैयाँ करिब ६० पुगेको थियो ।

हाल भारतीय मुद्रा रुपैयाँमा आएको कमजोरीलाई लिएर विभिन्न गम्भीर प्रश्न उठिरहेका छन् । सामान्यतया, कुनै देशको अर्थतन्त्र प्रतिस्पर्धी देशहरूको तुलनामा छिटो बढेमा उसको मुद्रा बलियो हुनुपर्ने हो । तर भारतमा यस्तो भएको छैन । एक समयमा मोदीको आर्थिक नीतिका समर्थक रहेका सुरजीत भल्लाले पनि प्रश्न उठाइरहेका छन्–यदि अर्थतन्त्र छिटो बढिरहेको छ भने रुपैयाँ किन घटिरहेको छ ?

तथ्यहरूले देखाउँछन् कि पछिल्ला वर्षहरूमा भारतको आर्थिक वृद्धि दर चीनभन्दा पनि बढी रहेको छ, तर त्यसका बाबजुद रुपैयाँ वर्षेनि कमजोर हुँदै गएको छ । गत वर्ष यो गिरावट अझ तीव्र भयो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने सामानमा भारी आयात शुल्क लगाए । त्यसपछि इरान युद्धका कारण उत्पन्न ऊर्जा संकटले रुपैयाँलाई लगातार नयाँ न्यून स्तरमा पुर्‍यायो । मार्च अन्त्य र अप्रिल सुरुमा भारतीय रिजर्भ बैंकले रुपैयाँलाई जोगाउन कडा कदमहरू उठायो । तर यी प्रयासहरूले सीमित राहत मात्र दिए र डलरको बहिर्गमन रोकिएन ।

मोदी सरकारका पूर्व मुख्य आर्थिक सल्लाहकार अरविन्द सुब्रमण्यम पनि मान्छन् कि रुपैयाँको कमजोरी केवल इरान युद्धका कारण मात्र होइन ।  उनले २६ मे को इन्डियन एक्सप्रेसमा लेखेका थिए कि युद्धअघि नै धेरै वर्षदेखि भारतीय रुपैयाँ कमजोर हुँदै आएको थियो र आरबीआईका प्रयासहरू पनि यसलाई रोक्न असफल भए । भारतको रुपैयाँ कमजोर भएको छ भने एसियाका धेरै देशका मुद्राहरू बलियो भएका छन् ।

मलेसिया–मलेसियाको मुद्रा “रिंगिट” गत वर्ष ९.२५ प्रतिशतले बलियो भयो, जबकि भारतको रुपैयाँ ४.४० प्रतिशत कमजोर भयो । मलेसियाको रिंगिट सात वर्षकै सबैभन्दा बलियो स्तरमा पुगेको छ । यसको पछाडि विदेशी लगानीमा वृद्धि, आर्थिक स्थायित्व र ४.९ प्रतिशत जीडीपी वृद्धि प्रमुख कारण हुन्।

थाइल्याण्ड–थाइल्याण्डको मुद्रा “भाट” पनि अमेरिकी डलरको तुलनामा बलियो भएको छ । जनवरीमा यो ३१ भन्दा तल पुगेको थियो, जुन २०२१ पछिको सबैभन्दा बलियो स्तर हो । यसको मुख्य कारण करेन्ट अकाउन्ट सरप्लस र निर्यात वृद्धि हो ।

चीन–चीनको मुद्रा युआन पनि पछिल्ला वर्षमा बलियो भएको छ । चीनको व्यापार सरप्लस र निर्यात वृद्धि यसको मुख्य कारण मानिन्छ । सिंगापुर–सिंगापुरको डलर पनि एआई उद्योग र व्यापार वृद्धिका कारण बलियो भएको छ । जीडीपी वृद्धि दर ६ प्रतिशतसम्म पुगेको छ ।

पाकिस्तान–पाकिस्तानी रुपैयाँ पनि केही समय स्थिर देखिएको छ । करेन्ट अकाउन्ट सरप्लस, बाह्य सहयोग र लगानीको कारण मुद्रा स्थिर भएको हो ।

रुपैयाँ कमजोर हुँदा के असर पर्छ ?
कमजोर रुपैयाँले आयात महँगो बनाउँछ । तेल, ग्यास, उर्वरक र इलेक्ट्रोनिक्स जस्ता वस्तुहरू महँगिन्छन् । यसले विदेशी लगानीकर्तालाई पनि प्रभावित गर्छ, जसले बजारबाट पैसा निकाल्न सक्छन् । तर कमजोर रुपैयाँले निर्यात सस्तो बनाउँछ, जसले विदेशी बजारमा भारतीय सामान प्रतिस्पर्धी बनाउँछ । विदेशमा काम गर्ने भारतीयहरूले पठाउने रेमिटेन्स पनि बढ्छ, किनभने प्रत्येक डलरको बदलामा बढी रुपैयाँ प्राप्त हुन्छ । मार्च २०२५ सम्म भारतले एक वर्षमा १३५ अर्ब डलरभन्दा बढी रेमिटेन्स प्राप्त गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.