सांसद आरेन राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

‘अरुले डुबाएको रकम तिरिदिने नीति लिएको हो सरकार ?’

सांसद आरेन राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?
सुन्नुहोस्

काठमाडौं : श्रम सँस्कृति पार्टीका सांसद आरेन राईले संसदमार्फत सरकारसँग प्रश्नै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार भन्दै प्रश्न गरेका छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सरकार छ भन्ने महसुस हुने गरी व्यवस्थापन कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सांसद राईले सहकारी घोटालाका आरोपित जीबी राई कहिले पक्राउ पर्छन् ? किसानहरुको समस्या समाधान व्यवहारमा हुन्छ कि सामाजिक सञ्जालमा मात्रै भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले खोटाङ जिल्लामा अलपत्र परेका विकास निर्माणका काम कहिले हुन्छ ? भन्दै सरकारलाई प्रश्न सोधेका छन्।

उनले खोटाङ–भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग, रसुवाघाट पुललगायत, हलेसी सडकको विषय पनि उठाएका छन् । उनले सहकारी पीडितहरुले पैसा पाउनु पर्ने माग गर्दै उनले जनताले तिरेको कर, राज्य कोषबाट तिर्न नमिल्ने बताए । उनले भने, ‘सहकारी, बैंकबाट अन्य व्यवसायीहरुले डुबाएको रकम तिरिदिने नीति लिएको हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.