जंगली च्याउ खाँदा २ जनाको मृत्यु, दर्जन बढी बिरामी

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, दर्जन बढी बिरामी
सुन्नुहोस्

तानसेन : पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा दर्जन बढी बिरामी परेका छन्।

जंगली च्याउ खाई मृत्यु हुनेमा रम्भा गाउँपालिका-५, ताहुँ ओमभन्ज्याङकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेका छन्। जंगली च्याउ खाएर बिरामी परेपछि युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा दुवै महिलाको मृत्यु भएको हो। खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए।

जंगली च्याउ सेवनबाट गम्भीर बिरामी हुनेमा रम्भा ताहुँकी ५० वर्षीया यानुमाया जर्घा र तानसेन नगरपालिका वडा नं. ११ भालुवनका चार जना बिरामीको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। निस्दी गाउँपालिका वडा नं. ४, झुल्याटुङ्गका दुई जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

जंगली च्याउ खाएर बिरामी परेका माथागढी–३ कसेनीका चार जना र तानसेन नगरपालिका-८ का २ जना लुम्बिनी मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन्।

प्रि–मनसुनको समयमा उम्रिने जंगली च्याउहरू विषालु हुने भएकाले यसको सेवनले बिरामी पर्ने र मृत्यु हुने जोखिम रहेको हुन्छ। जंगली च्याउ सेवनबाट हुने थप जोखिम कम गर्न स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई गाउँ–गाउँमा सचेतना फैलाउन आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.