छैठौं पटक सगरमाथा शिखरमा पूर्णिमा

छैठौं पटक सगरमाथा शिखरमा पूर्णिमा
सुन्नुहोस्

गोरखा : कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् ।

उनी छैठौँ पटक सगरमाथा आरोहण गर्न सफल भएको भन्दै सो कम्पनीले बधाइ ज्ञापन गरेको छ । यसअघि उनले दुई हप्तामा तीन पटक सगरमाथा शिखर चुमेको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम सूचीकृत गरेको थियो ।

श्रेष्ठले सन् २०२४ मे महिनामा एकै सिजनमा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् । पुरुषले यसरी रेकर्ड कायम गरिसके पनि पहिलो महिलाको रूपमा पूर्णिमाले यो कीर्तिमान कायम गरेकी हुन् । उनले २०२४ मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् । फोटो पत्रकार समेत रहेकी उनी गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.