सरकारले सारा संस्था खारेज गरेर ‘भ्याकुम’ बनायो : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका सांसद भिष्मराज आङदेम्बेले सरकारले पुरानो सरकारले राजनीतिक भागवण्डा गरेर नियुक्त गरेको भन्दै खारेज गरेपछि सारा संस्था ‘भ्याकुम’ भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद आङदेम्बेले सरकारले खारेज गरेकाहरुमा केहि संवेदनशिल संस्थाहरु समेत रहेको बताएका छन् । उनले सत्य तथा मेलमिलाप आयोग, बेपत्ता नागरिकसम्बन्धी संक्रमणकालीन न्यायिक आयोगका पुराना पदाधिकारीलाई सरकारले बर्खास्त गरेको बताए ।
उनले यी संस्थाहरुमा छिट्टो, सक्षम र निष्पक्ष व्यक्तिहरु ल्याएर सक्षम पार्नुपर्ने बताए । उनले द्वन्द्वपीडितको दीर्घकालीन संघर्ष निकै लम्बिएको, यसमा संयुक्त राष्ट्रसंघको विषेश चासो रहेको बताउँदै दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितहरु न्याय पाउनबाट बञ्चित रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !