सभामुखले दिए श्रम सँस्कृति पार्टीका हर्क साम्पाङसहितका सांसदलाई चेतावनी
काठमाडौं : सभामुख डोलप्रसाद (डीपी) अर्यालले श्रम सँस्कृति पार्टीका सांसदहरुलाई कारवाहीको चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको वैठक सुरु हुना श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङलगायत उठेर विरोध जनाएका थिए । वैठक सुरु हुनासाथ श्रम सँस्कृति पार्टीका सांसदले उठेर विरोध जनाउँदै अगाडि बढ्न नदिएपछि सभामुख अर्यालले कारवाहीको चेतावनी दिएका हुन् ।
सभामुख अर्यालले प्रतिनिधिसभा वैठकमा श्रम सँस्कृति पार्टीका सांसदहरुले लगातार पर्चा देखाएर सभाको मर्यादाविपरित अभद्र व्यवहार गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को खण्ड झ अनुसार सभाको मर्यादा राख्न आग्रह गरेका छन् । श्रम सँस्कृति पार्टीका सांसदलाई सभामुख अर्यालले आफ्ना क्रियाकलाप सुधार्न समेत चेतावनी दिएका छन् । यसपछि सांसद हर्क साम्पाङ फेरि उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अर्यालले उनलाई दुई मिनेटको समय बोल्नका लागि दिएका थिए ।
सभामुख अर्यालले दिएको दुई मिनेटको समयमा सांसद राईले आफूहरुले जनताका प्रश्न बारम्बार सरकारका मन्त्रीहरुलाई सोध्न चाहेको बताएका छन् । उनले सहकारीको रकम फिर्ता, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न सोध्न चाहेको भए पनि प्रधानमन्त्री र मन्त्रीहरु सदनमा उपस्थित नभई रहेको बताए । उनले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताउँदै सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नुपर्ने माग गरेका छन् । उनले सदनबाट प्रधानमन्त्री र मन्त्रीहरु भाग्न नपाइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !