भक्तपुरमा सालनालसहित नवजात शिशु फेला, अवस्था सामान्य
भक्तपुर : भक्तपुरमा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा बुधवार बिहान सालनालसहितको नवजात शिशु फेला परेको हो।
विगमार्ट नजिक बाटो छेउमा बिहान करिब ५:३० बजेको समयमा सालनाल सहित फेला परेको नवजात शिशु छोरी रहेको स्थानीयले बताएका छन्।
स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्याइएकोमा शिशुको स्वस्थ रहेको बताइएको छ । घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !