झरी पर्नासाथ मलाई मेरो क्षेत्रको गाउँहरुको चिन्ता हुन्छ : निश्कल राई

झरी पर्नासाथ मलाई मेरो क्षेत्रको गाउँहरुको चिन्ता हुन्छ : निश्कल राई

काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले पानी पर्‍यो कि आफूलाई आफ्नो जिल्ला इलामका पहिरोग्रस्त गाउँहरुको चिन्ता हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा बोल्दै सांसद राईले थोरै पानी पर्दा पनि आफूलाई इलामको जमुना, समाल्बुङ, गोर्खे, प्याङलगायतको पीर हुने गरेको बताए ।

उनले गत वर्षको असोज २८ र २९ गतेको विपदले इलाममा ३९ जनाले ज्यान गुमाएको, ७११ परिवार विस्थापित, ९४० घरमा क्षति पुगेको जानकारी गराउँदै अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको बताए । सांसद राईले मुख्य सडक यातायातमा पनि समस्या रहेको जानकारी गराए ।

विपद लगतै सरकारले इलामले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको बताउँदै सांसद राईले पुनर्निर्माण र पुनर्स्थापनामा ११ अर्ब ८१ करोड बढी लाग्ने अनुमान भए पनि सरकारले पाँच अर्ब ३० लाख मात्र सरकारले विनियोजन गरेको बताउँदै त्यसपछि के भयो भन्ने कुनै जानकारी नभएको बताए । उनले राजदुवाली र बेल्लासे सडक खण्डको समस्या समाधानका लागि आवश्यक पहल अगाडि बढाउनु पर्ने समेत माग गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.