सरकारले नीति तथा कार्यक्रममा प्रक्रिया पुरा गरेन : भीष्मराज आङदेम्बे

सरकारले नीति तथा कार्यक्रममा प्रक्रिया पुरा गरेन : भीष्मराज आङदेम्बे
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमले समेट्न नसकेका बिषय बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल मोवाईल व्यवसायी महासंघको महाधिवेशन उद्घाटन गर्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधिसम्बन्धी धेरै बिषय छुटेको भन्दै त्यस्ता बिषयमा बजेटमार्फत सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले नीति तथा कार्यक्रमको छलफललाई केहि घण्टामा खुम्चाइएकोप्रति असन्तुष्टि व्यक्त गरे । यसअघि तीन दिन हुने छलफललाई घण्टामा सक्काउँदा सरकारले आवश्यक प्रक्रिया पुरा नगरेको उनले बताए ।

उनले नीति तथा कार्यक्रममा धेरै छलफल गर्न नपाए पनि प्रिबजेटमा भने पर्याप्त छलफल हुने विश्वास व्यक्त गरे । आङदेम्बेले विरोधको निम्ति विरोध गर्ने प्रतिपक्षीको हिजोको शैली अब नदोहरिने भन्दै परिणामको निम्ति साथ दिने धारणा राखे । तर सरकारको क्रियाकलाप हेर्दा परिणाम दिने बाटो तय भएको जस्तो अनुभूति नभएको उनको भनाइ छ । त्यस्तै आङदेम्बेले सकारात्मक सोचका सरकारका राम्रा कुरालाई साथ र नराम्रा कुरामा सजक गराउने गरी प्रतिपक्ष बेन्चमा प्रस्तुत भएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.