सदनमा प्रधानमन्त्री नआए विरोध जारी रहने छ : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसका सांसद निश्कल राईले आज पनि सदनमा प्रधानमन्त्री नआए विरोध जारी रहने बताएका छन् । आजको प्रतिनिधिसभा वैठकमा बोल्दै राईले सदन चिया चौतारी नभएको बताएका छन् ।सांसद राईले सदन विश्वविद्यालय हुनुपर्ने बताएका छन् । उनले आज प्रधानमन्त्री सदनमा जवाफ दिन आउने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्री जस्तो व्यक्तिले सदन जस्तो गरिमामय संस्थालाई वेवास्ता गर्नु दुःखको कुरा भएको बताएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिलाई सत्ता पक्षका सांसदहरुले सामान्य बनाउने प्रयास गरिरहेको टिप्पणी समेत गरे । सभामुख स्वयमले नीति तथा कार्यक्रम देशको रोडम्याप र तीन करोड नागरिकले हेरिरहेको बताइरहेका बेला सदनमा प्रधानमन्त्रीको जवाफ खोजिनु विपक्षी दलहरुको अस्वभाविक माग नभएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !