देशमा प्रधानमन्त्री छैनन्, भए त संसदमा आउनु पर्ने हो : हर्क साम्पाङ


काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आजको प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गर्दै बाहिरिएका साम्पाङले भने, ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । अर्थमन्त्रीले नभई प्रधानमन्त्रीले नै सरकारको नीति तथा कार्यक्रमका विषयमा संसदमा जवाफ दिनु पर्ने बताउँदै साम्पाङले भने, ‘हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’

उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाए । उनले सांसदलाई ठेलीका ठेली किताव दिएर पढेर आउनु भने जसरी सरकारले संसद चलाइरहेको बताए । उनले नीति तथा कार्यक्रममा पनि पर्याप्त समय नदिएको र अहिले संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको बताए । उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.